काठमाडौं- सिन्धुली जिल्ला मरिण गाउँपालिका-६ भुजेल चोकमा प्रायजसो प्रहरीले ड्युटी गरिरहेको हुन्छ। प्रहरीको ड्युटीका 'अवैध' काम गर्नेहरुका लागि भने टाउको दुखाइको विषय बन्छ।
आइतबार पनि प्रहरी भुजेल चोकमा ड्युटीमा खटिएको थियो। बा.१६ च ७८५१ नम्बरको बोलेरोलाई लिएर आए महोत्तरी जलेश्वर नगरपालिका-९ फुलहट्ठाका २८ वर्षीय दिपेश मण्डल। प्रहरीले जाँच गर्ने क्रममा मण्डलले सिट बेल्ट लगाएका थिएनन्। यसका लागि प्रहरीले सोधपुछ गर्न थाल्यो। यसपछि मण्डललाई प्रहरीले सोध्ने प्रश्न र त्यसपछिका संम्भावित प्रक्रिया झन्झटपूर्ण हुने अनुमान गरे सायद।
प्रहरीलाई उनले घुसको
अफर गरे। घुसमा थियो दुई सय रुपैयाँ। दुई सय रुपैयाँ घुस दिएर आर्थिक प्रलोभनमा पार्न खोजेको भन्दै उनलाई प्रहरीले पक्राउ गर्यो।