ललितपुर- बैंकिङ कसुरमा १९ लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय तोकिएकी एक फरार प्रतिवादी पक्राउ परेकी छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-६ घर भई हाल भक्तपुर उपमहानगरपालिका-११, कमलविनायक बस्ने ४१ वर्षीया राधा माताङ्गी छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राधालाई सोमबार भक्तपुर सूर्यविनायकबाट पक्राउ गरेको हो।
राधाले सानिमा बैंक लिमिटेड, सुर्यविनायक शाखाको खाताबाट रकम भुक्तान हुने भनी पीडितलाई चेक दिएकी थिइन्। तर उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्दै बैंकले फर्काइदिएपछि पीडितले प्रहरीमा जाहेरी दिइन्। यो विषयमा प्रहरीले