काठमाडौं। नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा दुई दिने बृहत साँस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कलाकार, पत्रकार र समाजमा उल्लेखनीय योगदान दिने बिभिन्न ब्यक्तित्वहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो । कला मन्दीरको आयोजनामा फागुण २७ र २८ गते चन्द्रागिरी, मच्छेगाँउमा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा लोकप्रिय कलाकारहरुको मनोरन्जनात्मक सांगीतिक प्रस्तुति रहेको थियो भने बिभिन्न कला सँस्कृति झल्कने नृत्य प्रस्तुत गरिएको थियो । पुर्व मन्त्री राजेन्द्र कुमार केसीद्वरा उद्घाटन गरिएको वृहत साँस्कृतिक कार्यक्रमको बिशेष अतिथिमा चन्द्रगिरी नगर प्रमुख घनश्याम
गिरी, पुर्व गृहराज्य मन्त्री ईन्द्र बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पत्रकारद्वय विष्णु सुवेदी र सानुकाजी श्रेष्ठका साथै गायिकाहरु रचना रिमाल, समिक्षा अधिकारी, अस्मिता अधिकारी, गायक पदम राई, निर्देशक श्यामराज श्रेष्ठ, मोडल साक्षी लम्साल सदभाव नेपाल अध्यक्ष अभिषेक श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो ।
नेपालको मौलिक धर्म संस्कृति परम्परा सम्वद्र्धन र संरक्षणका लागि वार्षिक रुपमा कार्यक्रम हुँदै आएको र २०५८ सालमा स्थापना भएको नेपाल साँस्कृतिक कला मन्दिरले कला संस्कृतिको संरक्षणका लागि बिबिध साँस्कृतिक कार्यक्रम गर्दै आएको आगमि दिन मा पनि यस्तै माया सुझाव पाए यस्तै बिबिध कार्यक्रम आयोजना गरदै प्रतिबद्धता जनाएका थिए नेपाल सांस्कृतिक कला मन्दिर का अध्यक्ष रमेश शाहि ले बताए।