चन्द्रागिरि नगरपालिकाको पशु सेवा शाखाले थोरै समय भित्रनै आफ्नै भवनबाट सेवा सुबिधा दिने कार्य सुरु गर्ने भएको छ। मिति २०७८/११/२६ गते नगर प्रमुख घनश्याम गिरीज्यु र उक्त भवन रहेको वडा १२ का अध्यक्ष प्रकाश श्रेष्ठज्युले उक्त निर्माण कार्यको निरीक्षण अनुगमन गर्नु भएको छ। उक्त अनुगमनका क्रममा नगर प्रमुखज्युले नगरपालिकाको विशेष पहल र अनुरोधमा NLSIP(नेपाल लाईभस्टक सेक्टर इनोभेसन प्रोजेक्ट) को आर्थिक सहयोगमा उक्त भवनको निर्माण भएको कुरा जानकारी गराउनु भयो। पुर्बाधारको निर्माण पछि पशु सेवा शाखाको सेवा सुबिधा ब्यबस्थित तथा छिटो