मोरङ- १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ सुन्दर हरैँचा नगरपालिका-७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी छन्। आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनामा संलग्न भएको आरोप लागेका दुवैलाई सार्वजनिक गरेको हो।
पक्राउ परेका दुवै जनाले ललाईफकाई नजिकैको झाडीमा लगेर बलात्कार गरेको स्वीकार गरेको मोरङ प्रहरीले दाबी गरेको छ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गणेशपुरकी बालिकामाथि शुक्रबार दुवै अभियुक्तले बलात्कार गरेका थिए। यसपछि उनीहरू दुवैले बालिकाको