शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अन्तराष्ट्रिय
  • चीनमा करिब ३ हजार ४ सय नयाँ संक्रमित
अन्तराष्ट्रिय

चीनमा करिब ३ हजार ४ सय नयाँ संक्रमित

  • सिधा दृष्टी आइतवार, फाल्गुन २९, २०७८ | March 13, 2022

काठमाडौँ — चीनमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र रुपमा फैलिन थालेको छ । आइतबार चीनमा करिब ३ हजार ४ सय नयाँ संक्रमित फेला परेका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार नयाँ संक्रमितहरुको यो संख्या सन् २०२० को फेब्रुअरी महिनापछि एकै दिनमा दर्ज भएको सबैभन्दा बढी हो ।
संक्रमितको संख्या ह्वात्तै बढेपछि सांघाईमा विद्यालयहरु बन्द गरिएको छ । साथै पूर्वोतर केही शहरहरुमा लकडाउन गरिएको छ ।

विश्वभर कोरोना संक्रमितहरुको संख्या ४४ करोड ६६ लाख भन्दा बढी छ । मृतकको

संख्या ६० लाख आसपास छ । पछिल्लो एक महिनामा विश्वभर कोरोनाका ५ करोडभन्दा बढी संक्रमितहरु फेला परेका छन् भने दुई लाखभन्दा बढीले ज्यान गुमाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय