शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सप्तरीमा शनिबार राति दर्जनभन्दा बढी घरमा आगलागी
समाचार

सप्तरीमा शनिबार राति दर्जनभन्दा बढी घरमा आगलागी

  • सिधा दृष्टी आइतवार, फाल्गुन २९, २०७८ | March 13, 2022

जनकपुरधाम – सप्तरीमा शनिबार राति एक दर्जनभन्दा बढी घरमा आगलागी भएको छ।

जिल्लाको अग्निसाइर कृष्णसावरण गाउँपालिका–४ टेङग्री टोलमा राति साढे १२ बजे आगलागी हुँदा २३ लाख ७५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हो।

टेङग्री टोलका डम्बर यादवले आफ्नै फुसको घर अगाडि थुपारेर राखेको रुखको पातमा अचानक आगलागी हुँदा उनको घरसहित १३ जनाको घरमा आगलागी भएको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए।

आगो प्रहरी, स्थानीयवासी तथा हनुमाननगर कंकालिनी नगरपालिका, शम्भुनाथ नगरपालिका, राजविराज तालिम केन्द्रको दमकलको सहयोगमा

बिहान करिब पौने ३ बजे नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट यादवको फुसको एउटा घर, अन्नपात र फर्निचरका सामान जल्दा २ लाख बराबरको क्षति भएको छ। त्यस्तै श्यामकुमार यादवको फुसको एउटा घर, अन्नपात र फर्निचरका सामान, दिनेशकुमार यादवको फुसको घर, गोठ, बाख्रा ४ वटा जलि मरेको, अन्नपात र फर्निचरका सामान जलेका छन्।

त्यस्तै मनोजकुमार यादवको फुसको घर, गोठ, अन्नपात र फर्निचर, फुल्देव यादवको फुसको घर, गोठ, बाख्रा ५ वटा, अन्नपात र फर्निचरका सामान जलेका छन्।

त्यस्तै महेशकुमार यादव, बृजनारायण यादव, भोला यादव, सत्यनारायण यादव, अमरेन्द्र कुमार यादव र धिरज यादवको फुसको घर, गोठ, अन्नपात र फर्निचरका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

कार्यालयका अनुसार आगलागीमा उपेन्द्र यादवको फुसको गोठ जलेर नष्ट भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय