सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • घरघर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान आज बाट सुरु
समाचार

घरघर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान आज बाट सुरु

  • सिधा दृष्टी आइतवार, फाल्गुन २९, २०७८ | March 13, 2022

काठमाडौं- सत्तासीन नेपाली कांग्रेस स्थानीय तह निर्वाचनलक्षित ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान आज सुरु गर्दैछ।

३० वैशाखमा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले देशैभर स्थानीय तह केन्द्रित चुनावी घरदैलो अभियान सुरु गर्न लागेको हो।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाइएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार यस अभियानमा मतदानमा सबैलाई सहभागी हुन अपिल गरिनेछ।

साथै आचारसंहिता पालना गर्दै स्वस्थ प्रतिस्पर्धामा जोड दिने, स्थानीय पार्टी संरचनालाई पूर्णता दिने, सम्वृद्धि

संवाद गर्ने, जनतासँग सम्बन्ध प्रगाढ बनाउने तयारी छ।

यो अभियानमा कांग्रेसले एमसीसी पारित गरिएको कारणबारे प्रष्ट्याउनेछ भने संविधानको रक्षाका लागि कांग्रेसले निर्वाह गरेको भूमिकाबारे जानकारी गराउने योजना बनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय