शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • गण्डकी प्रदेश
  • अहिलेको गठबन्धन कायम गरेरै निर्वाचनमा जानुपर्ने बताएका छन्:गण्डकी प्रदेशका मुख्यमन्त्री
गण्डकी प्रदेश

अहिलेको गठबन्धन कायम गरेरै निर्वाचनमा जानुपर्ने बताएका छन्:गण्डकी प्रदेशका मुख्यमन्त्री

  • सिधा दृष्टी शनिबार, फाल्गुन २८, २०७८ | March 12, 2022

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ष्णचन्द्र नेपाली पोखरेलले अहिलेको गठबन्धन कायम गरेरै निर्वाचनमा जानुपर्ने बताएका छन्।

राजनीतिमा देखिएको कालो बादल हटाउन र यसको स्थायित्वका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने उनको तर्क छ।

तनहुँस्थित व्यास नगरपालिकाले आयोजना गरेको अल्ट्रा म्याराथनलाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनको संस्कृतिलाई परिस्कृत गर्दै लैजान सके मुलुकमा राजनीतिक स्थायित्व कायम हुन्छ। अन्यथा अझै धेरै प्रतिगमनहरु हुन सक्छन्।’

अहिलेसम्म गठबन्धनको संस्कार नभएकोले केही असहज जस्तो लागे पनि यस्ता घटना पहिले पनि भएको उनले सुनाए।

‘हामीमा गठनबन्धन संस्कृति नभएका कारण असजिलो

लागेको हो। अहिले नै हेर्नु न सबैतिर गठबन्धनकै सरकार त छ नि,’ उनी भन्छन्, ‘विशेष परिस्थितिमा देश र संविधानको रक्षाका लागि देशभित्रका सबै शक्ति मिल्नुपर्छ। राष्ट्रिय सभाको चुनावमा हामीले त्यो अभ्यास गरिसकेका छौँ। आगामी चुनावमा पनि मिलेरै जानुपर्ने हुन्छ।’

यसअघिको निर्वाचनमा कांग्रेसले तत्कालीन नयाँ शक्तिसँग गठबन्धन गरेको थियो भने एमालेको नेतृत्वमा माओवादी र अन्य कम्युनिष्ट पार्टीहरुको बाम गठबन्धन थियो।

तर संसद विघटन गर्ने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयले गठबन्धन मात्रै होइन, एमाले नै विभाजित भयो। त्यसपछि एमाले बाहेकको गबठन्धनको नेतृत्व कांग्रेसले गरेको छ। गण्डकीमा नेपालीकै नेतृत्वमा जेठ २९ गते नयाँ सरकार बनेको हो।

कम्युनिष्टहरुले देशमा समस्याको निकास दिन नसक्ने भएकोले त्यसको नेतृत्व अव कांग्रेसले गर्ने पोखरेलको दावी छ। गठबन्धन सरकार मिलेरै चुनावसम्म जाने र ३ वटै निर्वाचनमा वियजी हुने उनको भनाइ छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय