काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १२, भक्तपुरमा २ र ललितपुरमा ३ जना संक्रमित थपिएका हुन्।
यस्तै गत २४ घण्टामा देशभर ७३ जना संक्रमित थपिएका छन्। शनिबार १९२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर ५ हजार ५० जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा २ हजार २३८ पीसीआर तथा २ हजार ८२४ एन्टिजेन परीक्षण भएको छ।