बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • शिक्षालगायतका क्षेत्रमा राजनीतिभन्दा माथि उठेर सोच्नु पर्ने:नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह
समाचार

शिक्षालगायतका क्षेत्रमा राजनीतिभन्दा माथि उठेर सोच्नु पर्ने:नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह

  • सिधा दृष्टी शनिबार, फाल्गुन २८, २०७८ | March 12, 2022

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली समाजलाई अगाडि बढाउनका लागि शिक्षालगायतका क्षेत्रमा राजनीतिभन्दा माथि उठेर सोच्नु पर्ने बताएका छन्।

राजनीतिक पार्टीहरुले सबै विकासका गतिविधिलाई बढी राजनीतिकरण नगरी प्रजातान्त्रिक विधिसम्मत तरिकाले काम गर्नुपर्ने बताएका हुन्।

शनिबार काभ्रे बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभालाई धुलिखेलमा सम्बोधन गर्दै नेता सिंहले सम्पूर्ण राजनीतिक पार्टीहरुले भाषणबाजी मात्र नभइ शिक्षा, उद्योगजस्तो समाज रुपान्तरणका प्रमुख क्षेत्रको विकासमा गति दिने काम गरेर देखाउनु पर्ने बताए।

यसका लागि सम्पूर्ण पार्टीहरुले सोच्नु पर्ने दिन आएको भन्दै उनले अबको दिन भनेको

आइटी र फाइनान्सको रहेको र शिक्षा क्षेत्रले यसमा ध्यान दिए मात्र देश विकासमा टेवा पुग्ने बताए।

फरक प्रसंगमा बोल्दै उनले संविधान सभाबाट संविधान जारी गर्न फेल भएका नेतृत्वलाई पुनः दुई तिहाई मत दिएर नेतृत्व सुम्पिँदा देशमा संघीयता संस्थागत हुन नसकेको बताए।

संविधान जारी भएपछि बनेको दुई तिहाईको सरकारले आफूले पाएको अवसर सदुपयोग गर्न नसक्दा नेपालको प्रदेश सरकार साथै प्रहरी, प्रशासनिक क्षेत्रले धेरै दुख झेल्न बाध्य भएको उनको भनाइ थियो।

उनले नेपाली जनतामा विकासलाई हेर्ने भन्दा पनि उखान टुक्का रमाइलो लागेको भरमा ताली पड्काउने गलत प्रवृत्ति रहेको उनले बताए। अझै पनि प्राप्त उपलब्धिहरुलाई संस्था गर्न प्रमुख राजनीतिक शक्तिहरु मिल्नुको विकल्प नरहेकोसमेत बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय