बेइजिङ- चिनियाँ प्रधानमन्त्री ली खछ्याङले आफूले पद त्याग गर्न लागेको बताएका छन्। शुक्रबार खछ्याङले जारी गरेको भिडियो सन्देशमा प्रधानमन्त्रीका रूपमा आफूले दोस्रो कार्यकाल पूरा गरेपछि पद त्याग गर्ने उनले बताएका हुन्।
'प्रधानमन्त्रीका रूपमा मेरो यो अन्तिम वर्ष हो,' उनले भनेका छन्। चिनियाँ सत्तारुढ दल चिनियाँ कम्युनिस्ट पार्टीको दोस्रो वरीयतामा रहेका ६६ वर्षीय खछ्याङ राष्ट्रतपि सी जिनपिङपछिको वरीयतमा छन्।
एउटै पदमा लगातार दुई कार्यकाल जिम्मेवारी पूरा गरेपछि रिटायर हुनुपर्ने सीसीपीको विधान छ। लीका साथै सीपीसीका अन्य सदस्यले पनि यसै