शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अन्तराष्ट्रिय
  • नयाँ दिल्लीको गोकुलपुरी क्षेत्रमा भएको आगलागीमा सात जनाको मृत्यु भएको छ
अन्तराष्ट्रिय

नयाँ दिल्लीको गोकुलपुरी क्षेत्रमा भएको आगलागीमा सात जनाको मृत्यु भएको छ

  • सिधा दृष्टी शनिबार, फाल्गुन २८, २०७८ | March 12, 2022

नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्लीको गोकुलपुरी क्षेत्रमा शुक्रबार राति भएको आगलागीमा सात जनाको मृत्यु भएको छ। यस क्षेत्रमा धेरै झुपडीहरू रहेका छन्।

उत्तर पूर्व दिल्लीका अतिरिक्त डीसीपीले भने, ‘गोकुलपुरी पीएस क्षेत्रमा राति १ बजेतिर आगलागी भएको थियो। उद्धार टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो। हामीले अग्नि नियन्त्रण विभागलाई सम्पर्क गऱ्यौँ जसले तुरुन्तै प्रतिक्रिया जनाएका थिए। बिहान चार बजेतिर हामीले आगो नियन्त्रणमा ल्यायौँ।’

दुर्घटनामा ३० वटा झुपडी जलेको र सात जनाले ज्यान गुमाएको उनले बताए। राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले पीडितहरुलाई भेटेर

अवस्थाको विवरण लिन गोकुलपुरी जाने बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय