शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • भरतपुर अस्पतालमा सुत्केरी एक महिला र नवजात शिशुको मृत्यु
समाचार

भरतपुर अस्पतालमा सुत्केरी एक महिला र नवजात शिशुको मृत्यु

  • सिधा दृष्टी शनिबार, फाल्गुन २८, २०७८ | March 12, 2022

चितवन- चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिला र नवजात शिशुको मृत्यु भएको छ।

भरतपुर अस्पतालको प्रसूति वार्डमा फागुन २४ गते भर्ना भएकी कावासोती नगरपालिका-४ हसौराकी २७ वर्षीया गंगा गैरे गौतम र उनकी नवजात शिशु (छोरी) को मृत्यु भएको हो।

गंगाले साधारण तरिकाले नै शुक्रबार छोरी जन्माएकी भए पनि अत्याधिक रक्तश्रावका कारण ज्यान गएको अस्पतालले जनाएको छ।

भरतपुर अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा.सुनिलमणि पौडेलले डिआइटी भएका कारण सुत्केरीको ज्यान गएको बताएका छन्। उनले जति प्रयास गर्दा पनि

ज्यान बचाउन नसकिएको बताए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय