चितवन- ईच्छाकामना गाउँपालिका-२ रमाइलो डाँडामा मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही वडाका मोटरसाइकल चालक ३४ वर्षीय रविन गुरुङ‚ पछाडि सवार ३० वर्षीया तृप्ति गुरुङ र पाँच वर्षीय आर्यन गुरुङ रहेका छन्।
शुक्रबार बेलुकी पाँच बजे प्रदेश २-०३-००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डाँडाबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।
तृप्ति र आर्यन आमा छोरा रहेको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ। रविनको पहिचान खुल्न सकेको छैन।