काठमाडौँ – चालु वर्ष २०७८/७९ को पहिलो सात महिनामा नेपाल भित्रने रेमिट्यान्स ४.९ प्रतिशतले घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु वर्षको साउनदेखि माघसम्म सात महिनामा भित्रियो ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हाे।
०७७/७८ को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १०.९ प्रतिशतले बढेको थियो।
पछिल्लो सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख १०२ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो