शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • देशलाई दिशा दिने काम आफ्नो पार्टीले गर्ने दाबी: ‘प्रचण्ड’
समाचार

देशलाई दिशा दिने काम आफ्नो पार्टीले गर्ने दाबी: ‘प्रचण्ड’

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन २७, २०७८ | March 11, 2022

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई दिशा दिने काम आफ्नो पार्टीले गर्ने दाबी गरेका छन्।

शुक्रबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले देशलाई कता लैजाने भन्ने मुख्य भूमिका माओवादीको हातमा रहेको बताएका हुन्।

‘राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै छ। गठबन्धन आउँदो स्थानीय तहको निर्वाचनसम्म सुरक्षित रहन्छ, देशलाई कता लैजाने भन्ने पनि माओवादीकै हात छ,’ अध्यक्ष प्रचण्डले भने।

देश माओवादीकै एजेण्डामा चलिरहेकाले राष्ट्रिय राजनीति माओवादीकै इशारामा चल्ने उनको दाबी छ। उनले सत्ता गठबन्धनलाई

आगामी निर्वाचनभन्दा पछिसम्म पनि कायम राख्ने प्रयासमा आफूहरु रहेको पनि सुनाए। भने, ‘गठबन्धनलाई निर्वाचनसम्म मात्र नभई त्यसपछिसम्म लैजाने प्रयासमा छौं। एमसीसीकै कारण देश दुर्घटनामा गइसकेको थियो। त्यो खतरा अहिले टरेको छ।’

एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको प्रचण्डले सुनाए। भने, ‘अन्ततः हामीले केन्द्रीय समितिबाट पार्टीलाई एकतावद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन जाने र केही मतभेदलाई छलफलबाट निष्कर्ष निकाल्ने सहमत गरेका छौं, यी सम्पूर्ण विषयको समाधान भइसकेको छ।’

अध्यक्ष प्रचण्ड माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत पुगेका हुन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय