मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बिआरआई परियोजना अघि बढाउन दुबै देशको साझा प्रयास आवश्यक: राष्ट्रपति विद्यादेवी भण्डारी
समाचार

बिआरआई परियोजना अघि बढाउन दुबै देशको साझा प्रयास आवश्यक: राष्ट्रपति विद्यादेवी भण्डारी

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन २७, २०७८ | March 11, 2022

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्स बिआरआई अन्तर्गतका परियोजना अघि बढाउन दुबै देशको साझा प्रयास आवश्यक रहेको बताएकी छन् । अंग्रेजी भाषाको चिनियाँ अखबार ग्लोबल टाइम्समा बिहीबार प्रकाशित अन्तर्वार्तामा राष्ट्रपति भण्डारीले हस्ताक्षर गरेको पाँच वर्ष बिते पनि बिआरआई प्रोजेक्टमा उल्लेख प्रगति नभएको उल्लेख गरेकी छन् । नेपाल बिआरआईको सदस्य राष्ट्र हो । हिमालय पार बहुआयामिक सम्पर्क सञ्जाल बनाउने अवधारणाको हामी प्रशंसा गर्दछौं ।

तिनलाई हामी नेपालको पूर्वाधार विकासका अवसरका रूपमा लिँदै प्रक्रिया अघि बढाउन चाहन्छौं, राष्ट्रपति

भण्डारीले भनेकी छन्, एमओयूमा हस्ताक्षर भएको पाँच वर्षमा पनि धेरै कारणले बिआरआई परियोजनाले गति लिन सकेका छैनन । तिनलाई अघि बढाउन हामीले साझा प्रयास लगाउनु पर्छ । राष्ट्रपति भण्डारीले सन् २०१९ मा आफूले गरेको चीनको राजकीय भ्रमण र पछि चिनियाँ राष्ट्रपति सी जिनपिङले गरेको नेपालको भ्रमणको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध अहिले समस्यारहित रहेको बताएकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय