बिहिबार, मंसिर १५, २०७९ | Thursday 1st December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • एमसीसीका शर्तहरु अन्य वैदेशिक सहायताको शर्तभन्दा पारदर्शी र खुकुला रहेको दाबी:सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की:
समाचार

एमसीसीका शर्तहरु अन्य वैदेशिक सहायताको शर्तभन्दा पारदर्शी र खुकुला रहेको दाबी:सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की:

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन २७, २०७८ | March 11, 2022

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीका शर्तहरु अन्य वैदेशिक सहायताको शर्तभन्दा पारदर्शी र खुकुला रहेको दाबी गर्नुभएको छ ।

आज काठमाडौंमा परशुराम सकुन्तला स्मृति सेवा प्रतिष्ठानले आयोजना गरेको सम्मान समारोहमा बोल्दै मन्त्री कार्कीले एमसीसीका शर्तहरु अन्य वैदेशिक सहायताको शर्तभन्दा पारदर्शी र खुकुला रहेको दाबी गर्नुभएको हो ।

उहाँले एमसीसीले नेपालको गरिबी निवारण र दिगो आर्थिक विकासको लक्ष्य राखेको पनि बताउनु भयो । मन्त्री कार्कीले एमसीसी सम्झौता समयमै सम्पन्न गरेर सरकार देश विकास र गरिबी निवारणप्रति गम्भीर

छ भन्ने कुराको प्रमाण दिनुपर्ने बताउनु भयो ।

मन्त्री कार्कीले दिगो विकास, सुशासन, सभ्य र समृद्ध नेपाल बनाउने सपनालाई पूरा गरेर अबको पुस्तालाई धनी पुस्ताको रुपमा संसारमा चिनाउनु पर्ने बताउनु भयो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय