बिहिबार, मंसिर १५, २०७९ | Thursday 1st December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • आर्थिक
  • सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ६०० पुगेको छ
आर्थिक

सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ६०० पुगेको छ

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन २७, २०७८ | March 11, 2022

काठमाडौँ – सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर एक लाख दुई हजार ६०० पुगेको छ । सुन बिहीबार प्रतितोला रु एक लाख दुई हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार १०० तोकिएको छ ।

यसको मूल्य बिहीबार प्रतितोला रु एक लाख एक हजार ५०० थियो । त्यस्तै शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर

एक हजार ४१५ पुगेको महासङ्घले जनाएको छ ।

बजारमा यो साता पहिलो कारोबार दिन आइतबार प्रतितोला रु एक लाख एक हजार ९०० मा किनबेच भएको सुन बुधबार भने हालसम्मकै महँगो हुँदै रु एक लाख पाँच हजार ५०० पुगेको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔँस एक हजार ९८८ डलर आसपास कारोबार भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय