शनिबार, जेष्ठ १४, २०७९ | Saturday 28th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • आर्थिक
  • एक सातामै दोस्रो पटक कुखुराको मासुको मूल्य बढाएको छ
आर्थिक

एक सातामै दोस्रो पटक कुखुराको मासुको मूल्य बढाएको छ

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन २७, २०७८ | March 11, 2022

काठमाडौँ — उत्पादकहरुले एक सातामै दोस्रो पटक कुखुराको मासुको मूल्य बढाएका छन् । गत सोमबार किलोमा १० रुपैयाँले बढाएर प्रतिकिलो २९० रुपैयाँ पुर्‍याइएको जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य शुक्रबारदेखि पुनः बढेको हो । नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघकाअनुसार शुक्रबारबाट जिउँदो ब्रोइलर कुखराको प्रतिकिलो कोल्ड स्टोर मूल्य ३०० सय रुपैयाँ पुगेको छ । ‘सोमबार २८० बाट ९० पुग्यो, आज ९० बाट १० रुपैयाँ बढेर ३०० रुपैयाँ पुगेको छ, बजारमा कुखुरा अभाव छ,’ संघका सचिव देवकुमार गिरीले भने ।

कुखराको कोल्ड

स्टोर मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि आकासिएको छ । संघकाअनुसार काठमाडौं उपत्यका वरपर अहिले तयारी ब्रोइलर कुखुराको मासुको मूल्य ४२० रुपैयाँसम्म पुगेको छ । रुस र युक्रेनको युद्धका कारण कुखुराको दाना उत्पादन गर्ने कच्चा पदार्थ आयात रोकिएको र प्राप्त भएको कच्चा पदार्थ पनि निकै महँगो भएको सचिव गिरीले बताए । ‘

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय