बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • गृह मन्त्रालयले जागिरको प्रलोभनमा कसैले ठग्न खोजे प्रहरीलाई खबर गर्न आग्रह गरेको छ
समाचार

गृह मन्त्रालयले जागिरको प्रलोभनमा कसैले ठग्न खोजे प्रहरीलाई खबर गर्न आग्रह गरेको छ

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन २७, २०७८ | March 11, 2022

काठमाडौं- गृह मन्त्रालयले जागिरको प्रलोभनमा कसैले ठग्न खोजे प्रहरीलाई खबर गर्न आग्रह गरेको छ। मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय काम लगाइदिने भन्दै ठगी गरेको पाइएकाले सचेत रहन आग्रह गरेको हो।

काठमाडौं उपत्यकाका चोक-चोकमा जागिरको अवसर भन्दै विभिन्न पर्चा वितरण र टाँस्ने गरिएकोमा यस्ता ठगिबाट बच्न मन्त्रालयले आग्रह गरेको छ। कोही ठगिएका तुरुन्तै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि मन्त्रालयले आग्रह गरेको छ।

रोजगारी वा काम लगाउने, नियुक्ति, पदस्थापन र सरुवा वा बढुवा गराउने, भर्ना, छात्रवृत्ति वा अध्ययनका

अवसर उपलब्ध गराउने आश्वासन दिने, जग्गा वा घडेरी उपलब्ध गराउने जस्ता कार्यमा ठगी भइरहेको मन्त्रालयले जनाएको छ।

यस्तै उपचार वा अन्य आर्थिक सहायता उपलब्ध गराउने, अनलाइनबाट चिट्ठा वा अन्य लाभ प्राप्त हुने भन्दै कारोबार गर्न प्रोत्साहन गर्ने, घरमै बसी काम वा रोजगारी दिने, अनलाइनमा लगानी गर्न प्रोत्साहित गर्ने कार्य गरेरसमेत ठगी भइरहेको मन्त्रालयको भनाइ छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्ता खाले प्रलोभनमा नपरेर ठगी हुनबाट जोगिन आग्रह गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय