शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • देशलाई कता लैजाने भन्ने निर्णायक भूमिका माओवादीको हातमा छ : प्रचण्ड
समाचार

देशलाई कता लैजाने भन्ने निर्णायक भूमिका माओवादीको हातमा छ : प्रचण्ड

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन २७, २०७८ | March 11, 2022

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी रहेको बताएका छन् ।

सुर्खेत विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘गठबन्धन आउँदो स्थानीय तहको निर्वाचनसम्म सुरक्षित रहन्छ, देशलाई कता लैजाने भन्ने पनि माओवादीकै हात छ ।’

‘गठबन्धनलाई निर्वाचनसम्म मात्र नभई त्यसपछिसम्म लैजाने प्रयासमा छौं, एमसीसीकै कारण देश धन्न दुर्घटनामा गइसकेको थियो । जुन खतरा अहिले टरेको छ,’ उनले भने । एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको अध्यक्ष प्रचण्डको

दाबी छ ।
अध्यक्ष प्रचण्ड माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत आएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय