शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान पछि मात्र चुनावि तालमेल हुन्छ नेता:सिंह
समाचार

घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान पछि मात्र चुनावि तालमेल हुन्छ नेता:सिंह

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन २७, २०७८ | March 11, 2022

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियानपछिमात्रै चुनावी तालमेलका बारेमा पार्टीले निर्णय गर्ने बताउनु भयकाेछ।
काठमाडौँको आलोक नगर शुक्रबार बिहान आयोजित बुथ समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँ ले एक महिने अभियानपछि मात्रै कांग्रेसले चुनावी तालमेलका बारेमा निर्णय गर्ने बताउनु भयकाेछ।
चुनावी तालमेलका बारेमा अहिले कांग्रेसमा तीन थरी धारणा रहेको भन्दै
‘आउने चुनावमा के गर्ने भनेर अहिले पार्टीभित्र तीन धारको कुरा आइरहेको छ। एकथरी एक्लै जानुपर्छ, अर्कोथरी गठबन्धनलाई निरन्तरता दिनुपर्छ। एउटाले जिल्लालाई जिम्मा

दिएर आवश्यकताअनुसार गर्नुपर्छ भन्छ,’ उहाले भन्नू भयाे ‘अभियानबाट फर्केर रिपोर्ट ल्याएपछि वर्किङ कमिटीमा के गर्दा राम्रो हुन्छ त्यो निर्णय गर्छौँ।’
सत्तारुढ पाँच दलीय गठबन्धन कांग्रेसले चाहेरमात्रै नभएको जिकिर गर्दै सिंहले परिस्थितिज्य कारणले यो गठबन्धन बनेको प्रष्ट्याउनु भयकाेछ ।
‘संविधानलाई ट्रयाकमा राखिराख्ने, यसलाई जीवन्त राख्नका लागि गठबन्धन बनेको हुनाले आवश्यकताअनुसार बनेको गठबन्धन हो,’ उनले भने, ‘यो कांग्रेसले चाहेरमात्र होइन कि परिस्थितिज्य कारणले यो गठबन्धन हो।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय