काठमाडौं- बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला धुलिखेलले कर्मचारी माग गरेको छ। जनस्वास्थ्य प्रयोगशालाले विभिन्न पदमा १३ जनाका लागि विज्ञापन आह्वान गरेको हो।
प्रयोगशालाले करारमा कर्मचारी पदपुर्ती गर्न लागेको जनाएको छ। प्रयोगशालाले मेडिकल टेक्नोलोजिष्ट, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट र स्वीपर नियुक्त गर्न सूचना निकालेको हो।