चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीज्युद्वारा चन्द्रागिरि नगरपालिकामा हुँदै गरेको नेपाल विद्युत प्राधिकरणको तार भूमिगत गर्ने कार्यको निरीक्षण अनुगमन कार्य भयो। आज बलम्बुमा हुँदै गरेको उक्त कार्यको अनुगमनमा सो वडाका वडाध्यक्ष प्रकाश श्रेष्ठज्युको पनि उपस्थिति रहेको थियो।
२०७८/१०/१८ गते नगरपालिकाको कार्यालयमा नगर प्रमुखज्युको अध्यक्षतामा नेपाल विद्युत प्राधिकरण, आयोजना ब्यबस्थापन निर्देशनालय, काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजना खरिपाटी भक्तपुरका प्रतिनिधिज्युहरु र विभिन्न वडाका अध्यक्षज्युहरु सहितको उक्त बैठकले नगरपालिकाभरि विभिन्न चरण गरेर तार भुमिगत गर्नेबारे छलफल भएको थियो। नगरपालिकाको सहजीकरणमा उक्त
कार्य सम्पन्न गरिने बारे निर्णय भएको थियो। आजको अनुगमनको क्रममा नगरप्रमुखज्युले विद्युत प्राधिकरण संगै नेपाल टेलिकमको तार पनि भुमिगत हुने प्रक्रिया अघि बढेको कुरा जानकारी गराउनु भयो। अस्त ब्यस्त पोलमा रहेको तारको ब्यबस्थापन र दृश्य प्रदुषण निर्मुल गर्ने कार्यमा यस किसिमको तार भुमिगत गर्ने कार्यले ठुलो भुमिका खेल्ने कुरा पनि नगरप्रमुखज्युले बताउनु भयो।