काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको श्रम डेस्क हटाएको छ।
वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई लक्षित गरेर विमानस्थलमा राखिएको श्रम डेस्क बुधबारदेखि हटाइएको हो।
श्रम डेस्कले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई दुःख दिएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम डेस्क हटाउन निर्देशन दिएका हुन्। श्रम डेस्क हटाउन मन्त्री श्रेष्ठसहितका अधिकारीहरु विमानस्थल पुगेका थिए।
उक्त अवसरमा मन्त्री श्रेष्ठले डेस्कमार्फत् जाँदा श्रमिकहरुलाई झन्झटिलो भएका कारण हटाउनुपरेको बताए। अब श्रमिकहरु सहज रुपमा विमानस्थल प्रवेश गर्न
सक्ने उनको भनाइ छ।
अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेकाले श्रम डेस्क आवश्यक नभएको मन्त्रालयले जनाएको छ। विमानस्थल प्रवेश गर्ने श्रमिकहरुले अब ३ वटै प्रवेशद्वारबाट प्रवेश गर्न पाउने भएका छन्।