बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन फागुन २८ गते हुने
समाचार

नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन फागुन २८ गते हुने

  • सिधा दृष्टी बिहिबार, फाल्गुन २६, २०७८ | March 10, 2022

सर्लाही- नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन फागुन २८ गते हुने भएको छ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सर्लाही जिल्लाको अधिवेशन गराउन खटाएका निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले बुधबार सूचना निकालेर २८ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने जानकारी गराएका हुन्।

सूचनामा २८ गते पब्लिक माध्यमिक विद्यालय मलंगवालाई नै मतदानस्थल तोकिएको छ।

यसअघि फागुन २३ गते मतदानको सम्पूर्ण तयारी भइसकेको अवस्थामा पार्टीको संस्थापन र संस्थापन इतर समूहको विवादले मतदान स्थगित भएको थियो। दुवै पक्षबीचको सहमतिका आधारमा फागुन २८ मा

निर्वाचन हुने गरी अधिवेशनको मिति तोकिएको बताइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय