काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदान रकमले देशमा विकास र रोजगार बढाउने बताएका छन्।
पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी सम्झौताअनुसार आउने अनुदान रकमले देशमा विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गरेका हुन्।
‘एमसीसीबाट आउने रकम ऋण होइन अनुदान हो’, प्रधानमन्त्री देउवाले भने, ‘यसले देशमा विकास र रोजगार बढाउँछ।’
उनले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण गरेका छन्।