मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अन्तराष्ट्रिय
  • मेक्सिकोमा गोली हानेर ९ जनाको हत्या
अन्तराष्ट्रिय

मेक्सिकोमा गोली हानेर ९ जनाको हत्या

  • सिधा दृष्टी बिहिबार, फाल्गुन २६, २०७८ | March 10, 2022

मेक्सिको- मेक्सिकोमा गोली हानेर ९ जनाको हत्या गरिएको छ। मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा बुधवार गोली हानेर एकै घरका ९ जनाको ज्यान लिइएको त्यहाँको प्रहरीले जनाएको छ।

मध्य मेक्सिकोको एट्लिक्सकोमा भएको सो हत्याकाण्डको अनुसन्धान सुरू भएको प्रहरीले जनाएको छ। उक्त शहरको एक निजी बस्तीमा भएको सो हत्याकाण्डमा तीन जना महिला पनि रहेका छन्।

पुएबला प्रान्तको न्यायाधिवक्ताको कार्यालयले सो घटनाको अनुसन्धान सुरू भएको र यसमा लागूऔषधका कारोबारीहरूको हात रहेको अनुमान गरिएको बताएको छ। मारिएकाहरूलाई टाउको, खुट्टा र छातीमा गोली हानिएको

सो कार्यालयले जानकारी दिएको छ।

हत्या गरिएको सो घरको वरपर यसअघि पनि लागूपदार्थको किनबेच गर्ने गरिएको थियो। त्यसैले यो हत्याकाण्ड पनि लागुपदार्थको किनबेचमा संलग्न समूहहरूको झगडाका कारण हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय