शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • संखुवासभामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु
समाचार

संखुवासभामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

  • सिधा दृष्टी बिहिबार, फाल्गुन २६, २०७८ | March 10, 2022

संखुवासभा – संखुवासभामा बिहीबार बिहान बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदीले भने, ‘१३ जनाको शव भेटिएको छ। दुर्घटनास्थलबाट बाटोमा शव निकालेर अस्पताल लैजाने तयारी हुँदैछ।’

‘पाँचजना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ। घटनास्थलमा अरु कोही घाइते वा मृत हुन सक्ने आशंकामा खोजी जारी छ’, उनले भने।

आफू घटनास्थलतर्फ जाँदै गरेको डीएसपी सुवेदीले जानकारी दिए।

सुनसरीको धरानका लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ सातघुम्तीमा दुर्घटना भएको हो।

बसमा

कति जना सवार थिए भन्ने यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। प्रहरीका अनुसार बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय