शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य ६० प्रतिशत सम्पन्न भएको छ
समाचार

मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य ६० प्रतिशत सम्पन्न भएको छ

  • सिधा दृष्टी बिहिबार, फाल्गुन २६, २०७८ | March 10, 2022

अस्थायीरूपमा काठमाडौंमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको पत्रकारसँग मुहानस्थलमा कुराकानी गर्दै कुँवरले जानकारी दिए।

गेट नम्बर ३८ मा हाइड्रोलिक सिस्टम बिग्रिएकाले यसमा थप मर्मतको काम शुरू भएको र बाँकी गेटमा भएको क्षति हेरेर अस्थायीरुपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गर्ने गरी तयारी थालिएको उनले बताए। मुहानमा खसेका ढुंगा माटो सफाइको काम सकिएकाले चैत मसान्तसम्म पानी काठमाडौं पठाउन सकिने समितिले जनाएको छ।

गत असार १ गतेको बाढी

पहिराले क्षति पुगेको मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकावासीको सपना पर धकेलिएको छ। आगामी चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिकरूपमा वितरण गर्ने समितिको लक्ष्य छ तर वर्षा लागेसँगै फेरि ४ महिना सुरुङ बन्द गर्नुपर्ने अवस्था रहेको कुँवरले बताए।

मुख्य प्रवेश मार्गमै ठूलो पहिरो गएकाले एशिएन विकास बैंक (एडीबी) ले पहिरो रोकथामका लागि अध्ययन गरिरहेको उनले जानकारी दिए। सुरुङमा थुुपारिएको ६० हजार मेट्रिक टन ग्रेगान माटो हटाइसकिएको जनाउँदै कुँवरले ब्लास्टिङको अन्तिम चरणमा पुगेको बताए। ब्लास्टिङबाट निस्केको गेग्रान माटो बाटो बनाउन र डम्पिङ गरेर व्यवस्थित गरिएको उनले जानकारी दिए। रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय