सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • स्वास्थ्य
  • चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ
स्वास्थ्य

चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ

  • सिधा दृष्टी बिहिबार, फाल्गुन २६, २०७८ | March 10, 2022

बेइजिङ- चीनमा केही दिनयता कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ। चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन्। उनीहरुकाअनुसार २४ घण्टाको अवधिमा मात्र चीनमा कोरोना भाइरसका २३३ जना नयाँ संक्रमित देखिएका हुन्।

तीमध्ये अधिकांश स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए। चीनको नेशनल हेल्थ कमिसनले बुधबार दिएको जानकारीअनुसार चीनमा मंगलबार मात्र २३३ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये अधिकांश चीनभित्रैका नागरिकमा पाइएको हो।

यहाँका जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन्। पछिल्लो समयमा

चीनले कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ। चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ। कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ।

सन् २०१९ को डिसेम्बर अन्तिममा देखिएको कोरोना भाइरसको संक्रमण हालसम्म पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय