मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अन्तराष्ट्रिय
  • अमेरिकाले रुसबाट आयात हुने तेलमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्
अन्तराष्ट्रिय

अमेरिकाले रुसबाट आयात हुने तेलमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्

  • सिधा दृष्टी बुधबार, फाल्गुन २५, २०७८ | March 9, 2022

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुस हमलाविरुद्धको जवाफमा उसको अर्थव्यवस्थालाई थप कमजोर बनाउने रणनीति लिएका छन्। बाइडेनले मंगलबार अमेरिकाले रुसबाट आयात हुने तेलमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। र, उनले यससँगै अमेरिकाका ग्यास पम्पमा लागत बढ्नेसमेत दाबी गरेका छन्।

यो कारबाही युक्रेनका राष्ट्रपति वोलोदिमीर जेलेस्कीद्वारा अमेरिका र पश्चिमी देशका अधिकारीले आयातमा कटौती गर्न अपिल गरेपछि गरिएको हो।

रुसको वित्तीय क्षेत्रमाथि लगाइएको गम्भीर प्रतिबन्धले त्यहाँको आर्थिक अवस्थालाई स्थिर तुल्याइदिएको छ। बाइडेनले पुटिनको युद्धलाई बढवा पुग्ने सबै सहयोगमा प्रतिबन्ध गरिने बताएका

छन्। त्यसैले तेलको आयातमा समेत प्रतिबन्ध लगाउने निर्णय गरिएको उनले बताए।

उनले यस कारबाहीले रुसलाई युद्धका लागि धन जुटाउन अप्ठ्यारो पार्ने ठूलो धक्का भएको बताएका छन्। बाइडेनले स्वन्त्रताको रक्षाका लागि अमेरिकी जनताले केही महँगीको सामना भने गर्नुपर्ने बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय