शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मोरङ व्यापार संघले ९ दिने व्यापार मेला गर्ने भएको छ
समाचार

मोरङ व्यापार संघले ९ दिने व्यापार मेला गर्ने भएको छ

  • सिधा दृष्टी बुधबार, फाल्गुन २५, २०७८ | March 9, 2022

मोरङ – कोरोना महामारी र तरलता अभावले थलिएको आर्थिक क्षेत्र चलायमान बनाउने उद्देश्यले मोरङ व्यापार संघले ९ दिने व्यापार मेला गर्ने भएको छ।

पत्रकार सम्मेलन गरी जानकारी दिइएअनुसार चैत १८ देखि २६ गतेसम्म ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२२’ आयोजना हुनेछ।

संघका अध्यक्ष नवीन रिजालले मेलामा २८१ वटा स्टलमा घरेलु, साना, मझौला, तथा ठूला उद्योगसँगै अन्तर्राष्ट्रिय उत्पादन रहने जानकारी दिए। मेलाको आकर्षण बढाउनका लागि उपभोग्य वस्तु खरिदबिक्रीसमेत गरिने उनले बताए।

मेलामा साउदी अरबको बुर्ज खलिफा, रुसको सेन्ट वेसिल, लण्डनस्थित लण्डन

ब्रिजलगायतका नमुना प्रदर्शनीमा राखिने भएको छ। त्यस्तै साहसिक खेलकुद जिपलाइन, रिभर्स बन्जी, जिप साइकिलिङलगायतको समेत व्यवस्था गरिने संघले जनाएको छ।

स्वदेशीसँगै भारत, बंगलादेश, पाकिस्तानका उत्पादन प्रदर्शनी हुने संघका उपाध्यक्ष एवं मेला संयोजक विकासकुमार बेगवानीले जानकारी दिए। उनका अनुसार मेलामा वातानुकूलित ८० वटा स्टल, कुलर जडान गरिएका ६० वटा र सामान्य स्टल १०६ वटा रहने छन्।

छिमेकी भारत र स्वदेशी गरी करिब ३ लाख सर्वसाधारणले मेला अवलोकन गर्ने अनुमान गरिएको संघले जनाएको छ। मेला आयोजना गर्न अनुमानित ३ करोड खर्च हुने जनाइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय