बिहिबार, मंसिर १५, २०७९ | Thursday 1st December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अन्तराष्ट्रिय
  • अमेरिका र बेलायतले रुसबाट इन्धत आयात नगर्ने घोषणा गरेका छन्
अन्तराष्ट्रिय

अमेरिका र बेलायतले रुसबाट इन्धत आयात नगर्ने घोषणा गरेका छन्

  • सिधा दृष्टी बुधबार, फाल्गुन २५, २०७८ | March 9, 2022

अमेरिका र बेलायतले रुसी इन्धन (पेट्रोलियम पदार्थ) माथि प्रतिबन्ध लगाउने र फेज आउट गर्ने घोषणा गरेका छन्। अमेरिका र बेलायतले रुसबाट इन्धत आयात नगर्ने घोषणा गरेका हुन् ।

यस्तै युरोपियन युनियनले रुसी ग्यास इन्धनमा रहँदै आएको निर्भरता अन्त्य गर्ने जनाएको छ।

युक्रेनमाथि गरेको आक्रमणको जवाफमा पश्चिमा राष्ट्रहरुले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउँदै आएका छन् । इन्धनमाथिको प्रतिबन्ध त्यसकै पछिल्लो कडी हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार रुसी तेल (इन्धन) को आयात प्रतिबन्ध घोषणा गर्दै रुसको अर्थतन्त्रको प्रमुख धमनीलाई निशाना बनाएको

बताए ।

इन्धन निर्यात रुसको प्रमुख आयश्रोतको माध्यम हो । तर रुसी इन्धनमाथिको प्रतिबन्धको नकारात्मक प्रभाव पश्चिमा राष्ट्रका उपभोक्तालाई पनि पर्छ ।

रुसको अर्थतन्त्र प्रमुख रुपमा इन्धन व्यापारमा निर्भर छ । साउदी अरेबिया र अमेरिकापछि रुस विश्वमा सबैभन्दा बढी तेल उत्पादन गर्ने देश हो ।

अमेरिकासहितका पश्चिमा देशले आफ्नो देशमा उत्पादित इन्धनमाथि प्रतिबन्ध लगाउनेबारे चर्चा गरिहँदा नै रुसले त्यसको गम्भीर प्रभाव भोग्नु पर्ने चेतावनी दिएको थियो । उसले जर्मनमा रहेको आफ्नो प्रमुख इन्धन पाइपलाइन नै बन्द गर्न सक्ने चेतावनी पनि दिएको थियो ।

रुसी इन्धन आयातमा प्रतिबन्ध नलाग्दै युक्रेन युद्धले अमेरिका, बेलायतसहित विश्वका धेरै देशमा पेट्रोलको मूल्य उच्च बनाएको छ ।

तर रुसलाई रोक्नका लागि डेमोक्र्याटिक र रिपब्लिकन दुवै पार्टीले अमेरिकी राष्ट्रपतिलाई थप कदम चाल्न आग्रह गर्दै आएका थिए । त्यसकै परिणाम स्वरुप रुसी इन्धनमा उनले प्रतिबन्धको घोषणा गरेका हुन् ।

बाइडेनले भनेका छन्, ‘हामीले रुसी तेल, ग्यास तथा उर्जाको आयात पूर्णरुपमा प्रतिबन्ध लगाउँदै छौँ । यसको अर्थ रुसी तेल अमेरिकी बन्दरगाहमा स्वीकार्य हुने छैन । अमेरिकीले नागरिकले पुटिन (रुसी राष्ट्रपति भ्लादिमिर पुटिन) लाई अर्को गम्भीर धक्का दिँदै छन् ।’

तर बाइडेनले रुसी इन्धन प्रतिबन्धित गर्दा आफूहरुलाई पनि समस्या पर्ने स्वीकार गरेका छन् । इन्धनको मूल्य थप बढ्ने अनुमान छ । साझेदारहरुसँगको छलफलमा प्रतिबन्धको निर्णय गरिएको उनले उल्लेख गरे ।

यस्तै बेलायतले पनि रुसी तेलको आयात सन् २०२२ को अन्त्यसम्ममा पूर्णरुपमा बन्द गर्ने जनाएको छ । अमेरिकाले जस्तो बेलायतले तत्काल लागु हुने गरी निर्णय गरेको भने होइन । उसले क्रमिक रुपमा प्रतिबन्ध लगाउँदै यो वर्षको अन्त्यसम्ममा पूर्ण प्रतिबन्धमा जाने बताएको हो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय