शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • एमाले अध्यक्ष केपी ओलीले न्यायाधीशहरूले संविधान हेर्न छोडेको आरोप लगाएका छन्
समाचार

एमाले अध्यक्ष केपी ओलीले न्यायाधीशहरूले संविधान हेर्न छोडेको आरोप लगाएका छन्

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन २४, २०७८ | March 8, 2022

काठमाडौँ– एमाले अध्यक्ष केपी ओलीले न्यायाधीशहरूले संविधान हेर्न छोडेको आरोप लगाएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकार परिवर्तन गर्नेगरी परमादेश दिएकोप्रति आक्रोशित हुँदै न्यायाधीशहरूले संविधान हेर्न छोडेको आरोप लगाएका हुन्।

न्यायाधीशहरु न्याय दिनभन्दा व्यक्तिको उद्देश्य पूरा गर्न र विकासको विरोधीको रुपमा देखिएको ओलीको आरोप छ।

‘हाम्राविरुद्धका परमादेशहरु जनादेशबाटै सच्याउन सकिन्छ। श्रीमान्‌जीले संविधान हेर्न छोड्नुभयो। श्रीमान्‌ले कानुन हेर्न छोड्नु भयो। श्रीमानले के हेर्‍या हो?,’ ओलीले भने, ‘उहाँहरु त

मान्छेको उद्देश्य हेर्न थाल्नुभयो। यो समृद्ध नेपाल, सुखी नेपाली भनेर भन्न पाइन्छ भन्ने उहाँहरुलाई चिन्ता छ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय