सोमवार, जेष्ठ ९, २०७९ | Monday 23rd May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • आर्थिक
  • नेपाल आयल निगमले मार्च महिनाको पहिलो किस्ताबापत इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १४ अर्ब ३० करोड रुपैयाँ बुझाएको छ
आर्थिक

नेपाल आयल निगमले मार्च महिनाको पहिलो किस्ताबापत इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १४ अर्ब ३० करोड रुपैयाँ बुझाएको छ

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन २४, २०७८ | March 8, 2022

काठमाडौं– नेपाल आयल निगमले मार्च महिनाको पहिलो किस्ताबापत इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १४ अर्ब ३० करोड रुपैयाँ बुझाएको छ।

इन्धन बिक्री गरेर आर्जन गरेको १० अर्ब ५ करोड र नपुग ४ अर्ब २५ करोड स्थिरीकरण कोषबाट झिकेर मंगलबार निगमले आईओसीलाई बुझाएको हो।

निगमले हरेक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आईओसीलाई भुक्तानी गर्दै आएको छ। कच्चा तेलको मूल्य उच्च दरले बढिरहँदा अबका दिनमा आपूर्तिमा चुनौती थपिएको निगमले बताएको छ। कोषमा अब ४ अर्ब ४५ करोड रुपैयामात्रै बाँकी छ।

सरकारले

२०७१ चैतदेखि स्वचालित मूल्य प्रणाली लागू गरेपछि निगमले पेट्रोलियम पदार्थ र ग्यासको खुद्रा बिक्रीको एक प्रतिशत रकम कोषमा जम्मा गर्दै आएको छ। निगमले आईओसीलाई तिर्न अपुग रकम पनि स्थिरीकरण कोषबाट झिक्दै आएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय