भीषण वर्षासँगै आएको भलबाढीका कारण अस्ट्रेलियाको पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाढी कारण सिड्नीका दशौँ हजार बासिन्दालाई घर खाली गरेर सुरक्षित स्थानमा जान भनिएको छ ।
पछिल्लो १५ दिनमा न्यू साउथ वेल्स र क्वीन्सल्याण्डमा मुसलधारे वर्षा हुँदा जनजीवन गम्भीर रुपमा प्रभावित हुँदै आएको छ । त्यस क्रममा २० जनाको ज्यान गयो ।
पछिल्लोपटक जोखिम सिड्नीमा केन्द्रित भएको हो। भारी वर्षासँगै आएको बाढीले सिड्नी समस्यामा छ।
सिड्नीमा दुईजनाको शव भेटिएको छ । ६७ वर्षकी महिला र उनका ३४
वर्षका छोराको बाढीका कारण मृत्यु भएको हुन सक्ने जनाइएको छ । उनीहरुको शव मंगलबार सिड्न कनालमा भेटिएको हो । घटनाबारे अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
सिड्नीका ४० हजार बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ । अरु २० हजार मानिसलाई तयारी अवस्थामा बस्न भनिएको हो ।