बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खेलका माध्यमबाट तनहुँलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गरिनुपर्ने बताए
समाचार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खेलका माध्यमबाट तनहुँलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गरिनुपर्ने बताए

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन २४, २०७८ | March 8, 2022

तनुहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खेलका माध्यमबाट तनहुँलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गरिनुपर्ने बताएका छन्।

व्यास नगरपालिकाद्वारा आयोजित दोस्रो व्यासनगर महिला खुला हाफ म्याराथनको मंगलवार दमौलीमा शुभारम्भ गर्दै उनले तनहुँसुर ऐतिहासिकस्थल भएकोले यसलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्दै आर्थिक क्षेत्रलाई सबल बनाउनुपर्ने बताए।

नगरपालिकाले खेलकुदका माध्यमबाट धार्मिक, ऐतिहासिक र सांस्कृतिक क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए।

दमौलीको व्यासगुफाबाट तनहुँसुरसम्मको २१ किलोमिटर दूरीको म्याराथनमा ५० महिला सहभागी भएका छन्।

व्यासगुफाबाट अनसन

चौतारी, दुर्गा मन्दिर, भोर्लेटारचोक, वन कार्यालय, सफा सडक हुँदै पृथ्वी राजमार्गको तालघरे, रानीगाउँ, दरै पँधेरा, पराजुली चोक, बेलटारी, खड्गकालीमार्गको चिसापानी, अर्चलेचौर, धरमपानी, गद्धीचौतारा हुँदै व्यासनगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबार पुगेर टुगिनेछ।

हरेक नयाँ वर्षको पछिल्लो अंकलाई पुरस्कारको राशिमा समेट्ने पराम्परालाई कायम राख्दै यस वर्ष प्रथम पुरस्कार ४१ हजार ७८, द्वितीय ३१ हजार ७८, तृतीय पुरस्कार २१ हजार ७८ र सान्तवना पुरस्कार ५ जनालाई ११ हजार ७८ रुपैयाँ करबाहेक प्रदान गरिने आयोजकले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय