शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • आर्थिक
  • नारी बचत खातावालाले सुत्केरी खर्च दश हजार पाउने
आर्थिक

नारी बचत खातावालाले सुत्केरी खर्च दश हजार पाउने

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन २४, २०७८ | March 8, 2022

काठमाडौं– सनराइज बैंकले नारी दिवसको अवसरमा पारेर आउँदो चैत १ गतेदेखि ‘नारी बचत खाता’ विशेष अफर ल्याउने भएको छ।

बैंकले महिलाहरूलाई लक्षित गर्दै ‘नारी बचत खाता’मा चैत १ देखि घातक रोगको बिमा सुविधा दिन लागेको बैंकका ब्रान्ड म्यानेजर सुमन थापाले बताए।

यस्तै, बैंकले चैत १ देखि ‘नारी बचत खाता’ वाला सुत्केरी हुँदा १० हजार रुपैयाँ बोनसस्वरूप प्रदान गर्ने भएको छ। उक्त सुविधा सरकारी अस्पतामा डेलिभरी हुने महिलाले मात्रै प्राप्त गर्ने बैंकले बताएको छ।

महिलाहरूमा डेलिभरीको समयमा हुन सक्ने जोखिम न्यूनीकरण

गर्न र अस्पताल जानका लागि प्रोत्साहन गर्न बैंकले साथ दिएको थापाले बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय