बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • आर्थिक
  • अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च
आर्थिक

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन २४, २०७८ | March 8, 2022

काठमाडौं– नेपाली रुपैयाँसँग अमेरिकी डलर अहिलेसम्मकै बलियो बनेको छ। अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको हो।

मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२३ रुपैयाँ ४४ पैसा तोकेको छ।

यसको मतलब अब एक अमेरिकी डलर खरिद गर्नका लागि १२३ रुपैयाँ ४४ पैसा तिर्नु पर्नेछ। पछिल्लो समय लगातार अमेरिकी मुद्रा बलियो बन्दै गएको छ। अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएको र पछिल्लो समय रुस–युक्रेन युद्धका कारण डलर बलियो बनेको हो। विश्वव्यापाी रुपमा नै पछिल्लो समय डलरको

माग उच्च छ।

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ। यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ। डलरको भाउ बढेपछि विदेशी सामान नेपालीका निम्ति महँगो हुन पुग्छ। नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसँग छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय