शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • बलिउड महानायक अभिनेता अमिताभ बच्चनले नेपाली ढाका टोपी लगाएका छन्
बलिउड / हलिउड

बलिउड महानायक अभिनेता अमिताभ बच्चनले नेपाली ढाका टोपी लगाएका छन्

  • सिधा दृष्टी सोमवार, फाल्गुन २३, २०७८ | March 7, 2022

बलिउड महानायक अभिनेता अमिताभ बच्चनले नेपाली ढाका टोपी लगाएका छन् । सोमबार आफ्नो इन्स्टाग्राम मार्फत उनले सार्वजनिक गरेको एक तस्बिर उनलाई नेपाली ढाकाटोपी लगाएको देख्न सकिन्छ । तस्बिर सार्वजनिक गर्दै उनले लेखका छन्, ‘केटीको केटीको’ । तस्बिरमा उनका दुई हात कम्बरमा राख्दै उनी हर्षित मुद्रामा देखिएका छन् ।

उनको उक्त तस्बिर पोस्टलाई नेपाली शुभचिन्तकहरुले नेपाल र नेपालीप्रति देखाएको सम्मान भन्दै धन्यवाद दिइरहेका छन् । टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ मा बेलाबेलामा नेपालका बिभिन्न विषयका प्रश्न बनाउँदै आएका बच्चनले नेपाली ढाका

टोपी शिरमा सजाएको सम्भवतः यो पहिलो होला । उनले ढाकाटोपी लगाउनुको उदेश्य भने खुलाएका छैनन् ।

बच्चन धेरै पहिले फिल्म ‘महान’ को सुटिङका लागि नेपाल आएका थिए । उनको अभिनय रहने फिल्म ‘उचाई’ समेत केही अगाडि छायाङ्कन भएको थियो । फिल्म छायाङ्कनका लागि पहिले उनी नेपाल आउने हल्ला चलेपनि स्वास्थ्यका कारण देखाएर उनले नेपाल सुटिङ क्यान्सिल गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय