शनिबार, जेष्ठ १४, २०७९ | Saturday 28th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • जबरजस्ती करणी आरोपमा एक शिक्षक पक्राउ
समाचार

जबरजस्ती करणी आरोपमा एक शिक्षक पक्राउ

  • सिधा दृष्टी सोमवार, फाल्गुन २३, २०७८ | March 7, 2022

काठमाडौं– जबरजस्ती करणी आरोपमा एक शिक्षक पक्राउ परेका छन्। अर्घाखाँचीको मालारानी गाउँपालिका–७ हंसपुरको एक विद्यालयका २७ वर्षीय शिक्षक आफ्नै विद्यालयकी छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन्।

ती शिक्षकले १५ वर्षीया नाबालिका छात्रालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। प्रहरीले आरोपित शिक्षक र विद्यालयको नाम भने खुलाएको छैन।

पीडितको तर्फबाट प्रहरीमा दिइएको जाहेरीमा स्थानीय जंगलमा लगेर शिक्षकले पहिलो पटक गत पुस १९ गते र त्यसयता पटकपटक जबरजस्ती करणी गरेको उल्लेख छ। करणीपछि नाबालिका गर्भवती भएको र गर्भपतन

समेत गर्नुपरेको प्रहरीमा दिइएको जाहेरीमा उल्लेख छ।

आरोपित शिक्षकलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट ६ दिनको म्याद लिएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय