मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ललितपुरको कोन्ज्योसोमस्थित एकै घरमा पाँचजना मृत फेला परेका छन्
समाचार

ललितपुरको कोन्ज्योसोमस्थित एकै घरमा पाँचजना मृत फेला परेका छन्

  • सिधा दृष्टी सोमवार, फाल्गुन २३, २०७८ | March 7, 2022

काठमाडौँ — ललितपुरको कोन्ज्योसोमस्थित एकै घरमा पाँचजना मृत फेला परेका छन् ।

ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । चार जनाको घरभित्रै र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ललितपुर प्रहरीका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७ वर्षीय आस्माको मृत्यु भएको हो । उनीहरु आफ्नै घरभित्र आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । उपचारको क्रममा दुई दिनको अर्का एक नाबालकको पनि

मृत्यु भएको छ । गम्भीर अवस्थाका २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा डिएसपीको कमाण्डका एक टोली पुगेको छ । ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेल र फरेन्सिक डाक्टरसहितको टोली पनि घटनास्थल जाँदै छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय