शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • आर्थिक
  • सुनको भाउ सोमबार प्रतितोलामा एक हजार १०० रुपैयाँले बढेकाे छ
आर्थिक

सुनको भाउ सोमबार प्रतितोलामा एक हजार १०० रुपैयाँले बढेकाे छ

  • सिधा दृष्टी सोमवार, फाल्गुन २३, २०७८ | March 7, 2022

काठमाडौँ । सुनको भाउ सोमबार प्रतितोलामा एक हजार १०० रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले बढेर एक लाख तीन हजार रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ ताेकिएकाे छ । चाँदीको मूल्य पनि प्रतिताेलामा १० रुपैयाँको दरले बढेको छ । आइतबार एक

हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ४२५ रुपैयाँ निर्धारण गरिएको छ ।

यसैबीच, सरकारले सुन आयातमा कटाैती गरेकाे छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको सूचनाबमोजिम दैनिक १० किलो मात्र सुन आयात गर्नेगरी तोकेको हो । वाणिज्य बैंकहरुले यसअघि दैनिक २० किलो सुन आयात गर्न पाउँथे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय