शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अन्तराष्ट्रिय
  • रुसले युक्रेनसँगको युद्धका लागि सिरियाली ‘लडाकु’ लाई भर्ती गर्दै
अन्तराष्ट्रिय

रुसले युक्रेनसँगको युद्धका लागि सिरियाली ‘लडाकु’ लाई भर्ती गर्दै

  • सिधा दृष्टी सोमवार, फाल्गुन २३, २०७८ | March 7, 2022

रुसले युक्रेनसँगको युद्धका लागि सिरियाली ‘लडाकु’ लाई भर्ती गरिरहेको दाबी अमेरिकी अधिकारीले गरेका छन्।

द वाल स्ट्रिट जर्नलमा प्रकाशित खबरमा अमेरिकी गुप्तचर अधिकारीले युक्रेनका प्रमुख सहर कब्जा गर्न रुसले सहरी क्षेत्रको युद्धमा अनुभवी सिरियाली ‘लडाकु’ लाई भर्ती गरिरहेको दाबी गरेका हुन्।

अहिलेसम्म कति सिरियाली लडाकु युक्रेन युद्धमा सामेल हुन भर्ती भए भन्नेबारे गुप्तचर अधिकारीले खुलाएका छैनन्। तर रुसले प्रमुख सहरहरु कब्जामा लिने प्रयासमा सडकमै भिडन्त हुन सक्ने भएकाले सहरी युद्धमा पोख्त सिरियाली लडाकूहरुलाई भर्ती गरिरहेको दाबी गरिएको छ।

अमेरिकी गुप्तचर

अधिकारीका अनुसार केही सिरियाली लडाकु रुस पुगिसकेका छन् र उनीहरुलाई युक्रेन तैनाथ गर्ने तयारी भइरहेको छ।

सिरियाको सञ्चार संस्था डिएर एजरमा प्रकाशित भएको खबरमा रुसले सिरियालीहरुलाई २०० देखि ३०० डलर पारिश्रमिकमा भर्ती गरिरहेको हो। उनीहरुले ६ महिनासम्म गार्डका रुपमा काम गर्नुपर्ने उल्लेख छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय