अछाम । नेपाली कांग्रेस अछाम सभापतिका आज दोस्रो चरणको चुनाव हुने भएको छ ।
पहिलाे चरणकाे चुनावमा तीन उम्मदेवारले ५१ प्रतिशत कटाउन नसकेपछि सभापतिका प्रत्यासीद्वय पुष्प शाह र भरतकुमार स्वाँरबीच फेरि सहमतिकाे प्रयास भएकाे थियाे । सभापतिका उम्मेदवार राजन कुँवर भने पहिलाे चरणबाट बाहिरिसकेका छन् ।
सहमति जुट्न नसकेपछि आज बिहान ८ बजेबाट चुनाव हुने भएको हाे । पहिलाे चरणकाे चुनावमा शाहले ६ सय ९५ र स्वाँरले ५ सय ७३ प्राप्त गरेका थिए ।