मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • खेलकुद
  • वीआर ब्रदर्शले हासिल गर्यो चन्द्रागिरि मेयर कप भेट्रान फुटसलको प्रथम उपाधी
खेलकुद

वीआर ब्रदर्शले हासिल गर्यो चन्द्रागिरि मेयर कप भेट्रान फुटसलको प्रथम उपाधी

  • सिधा दृष्टी आइतवार, फाल्गुन २२, २०७८ | March 6, 2022

चन्द्रागिरि स्पोर्ट्स क्लबले आयोजना गरेको प्रथम चन्द्रागिरि मेयर कप भेट्रान फुटसल प्रतियोगिताको उपाधी वीआर ब्रदर्श फुटबल क्लबले चुमेको छ । बलम्बुस्थित डीआईजी फुटसलमा शनिबार सम्पन्न चन्द्रागिरि स्पोर्टस एकेडेमी र वीआर ब्रदर्श फुटबल क्लब बीचको फाइनल खेलमा वीआर ब्रदर्श विजयी भयो । निर्धारित समय १-१ गोलको बराबरीम सकिएपछि उपाधीको छिनोफानो ट्राइबेकरमा टुंगिएको थियो । ट्राइबेकरमा ब्रदर्श १ का विरूद्ध ३ गोलले विजयी भयो । उपाधीसँगै उसले नगद ५० हजार रूपैयाँ, शिल्ड तथा मेडल हात पार्यो ।

उपविजेता चन्द्रागिरि स्पोर्टस एकेडेमीले २५

हजार नगदका साथै शिल्ड तथा मेडल हात पार्यो । प्रतियोगितामा व्यक्तिगत विधा तर्फ मनोज गोपाली (उत्कृष्ठ खेलाडी), अशोक थापा (उच्च गोलकर्ता), दिनेश काङ्गद्वा (उत्कृष्ठ गोल रक्षक) अब्बल ठहरिँदै जनही पाँच हजार रूपैयाँ प्राप्त गर्नुभयो ।

यसअघि प्रतियोगिताको उद्घाटन खेलमा चन्द्रागिरि स्पोर्टस् एकेडेमीले चन्द्रागिरि १४ टिमलाई १३-२ गोल अन्तरले पराजित गर्दा दोश्रो खेलमा वीआर ब्रदर्श फुटबल क्लबले विजय भवः साकोसलाई ३ का विरूद्ध २ गोलले निराश पार्यो । त्यस्तै तेश्रो खेलमा नेपाल आयल निगम भकुण्डेचाैर युवा समाजसँग २-० ले पराजित हुँदा चाैथो खेलमा कुर्दन फुटबल एकेडेमीले पानीघाट युवा क्लब विरूद्ध १-० को संघर्षपूर्ण जीत निकाल्यो ।

प्रतियोगितामा चन्द्रागिरि नगरभित्रका ३५ वर्ष उमेर माथिका खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घाटन चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय