मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • यमाहाको छ दिने महा एक्सचेन्ज मेला नारायणी किनारमा
समाचार

यमाहाको छ दिने महा एक्सचेन्ज मेला नारायणी किनारमा

  • सिधा दृष्टी आइतवार, फाल्गुन २२, २०७८ | March 6, 2022

नारायणगढ । यमाहाको छ दिने महा एक्सचेन्ज मेला नारायणी नदी किनारमा सुरु भएको छ । यमाहाको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु र डिलर नविन अटोको संयुक्त आयोजनामा नदी किनारमा एक्सचेन्ज मेला भएको हो ।

एक्सचेन्ज मेलामा कम्तीमा २५० वटा मोटरसाइकल तथा स्कुटर विक्री गर्ने र एक हजार ग्राहकलाई टेस्ट राइड गराउने लक्ष्य रहेको यमाहाको बागमती र गण्डकी प्रदेश विक्री प्रमुख राम बोगटीले जानकारी दिए । कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकलसँग यमाहाको मोटरसाइकल एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा १० हजार रुपैयाँ थपिने

उनले बताए । त्यस्तै, मेलाको अवसरमा नयाँ मोटरसाइकल तथा स्कुटरको खरिदमा सात हजार रुपैयाँसम्म नगद छुटको व्यवस्था गरिएको उनको भनाइ छ ।

किस्तामा मोटरसाइकल खरिद गर्दा ४० प्रतिशतसम्म डाउन पेमेन्ट र शुन्य प्रतिशत ब्याजदरको व्यवस्था मिलाइएको उनले जानकारी दिए । प्रत्येक टेस्ट राइड खरिदमा निःशुल्क बोडिङको टिकटको पनि व्यवस्था गरिएको उनले बताए ।
एक्सचेन्ज मेलाको उद्घाटका अवसरमा सडक बालबालिका पुर्नस्थापना केन्द्र हाम्रो घरलाई आर्थिक सहयोग गरिएको छ। हाम्रो घरलाई एक दिनको भोजन खर्चबापत नगद पाँच हजार ५०० रुपैयाँ प्रदान गरिएको हो ।

उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालका केन्द्रिय सदस्य गोपाल भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापा, वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टलगायतको सहभागिता थियो

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय